काठमाण्डौ । पहेँलो धातु सुनको भाउ घटेको छ । 

कात्तिक ३० गतेको तुलनामा आज सुनको भाउ घटेको हो । प्रतितोलामा रु. ४०० ले घटेर आज सुनको भाउ ९८ हजार रुपैयाँ कायम भएको हो । 

कात्तिक ३० गते फाइन गोल्डको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ थियो । 

यस्तै, स्ट्याण्डर्ड गोल्डको मूल्य पनि प्रतितोला ९७ हजार ९०० बाट घटेर ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । 

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ रहेकोमा घटेर आज १२ सय ८५ रुपैयाँ कायम भएको हो ।