काठमाण्डौ । तपाईको वार्षिक आम्दानी ४ लाख रुपैयाँ छ भने अब आयकर तिर्न नपर्ने भएको छ। 

सरकारले बजेटमार्फत यस्तो व्यवस्था गरेको हो । 

यसअघि व्यक्तिगत आयकरमा रहेको ३ लाख ५० हजार रुपैयाँसम्मको स्ल्याब परिवर्तन गरी ४ लाख पुर्याइएको हो । 

यस्तै, बजेटमार्फत दम्पतितर्फ कर नलाग्ने रकमको सीमालाई ४ लाख ५० हजार पुर्याइएको छ । यस्तो सीमा यसअघि ४ लाख रुपैयाँ रहेको थियो ।