काठमाण्डौ । सरकारले ५० लाख रुपैयाँभन्दा बढी कमाउनेमाथि कर बढाइदिएको छ।

आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेहरुको आयकर थप वृद्धि गरिएकोजानकारी गराएका हुन्। ‘उनीहरुको कर ३ प्रतिशतले थप बढाइदिएको छ’, उनले भने। 

अहिले अधिकतम कर ३६ प्रतिशतसम्म थियो। अब ३ प्रतिशतले उनीहरुको कर बढेर ३९ प्रतिशत पुगेको छ। 

अहिले जतिसुकै कम कमाउनेले पनि १ प्रतिशत कर तिर्नैपर्छ। एकलको हकमा ५ लाख रुपैयाँ र दम्पतीको हकमा ६ लाख रुपैयाँ कमाउनेले १ प्रतिशत कम तिर्नैपर्छ।

त्यसभन्दा माथि २० हजार रुपैयाँ कमाउनेले १० प्रतिशत कम थप तिर्नुपर्छ। यसबाहेक अर्को ६० हजार रुपैयाँ कमाउनेले २० प्रतिशत कर तिर्नुपर्छ। ६० हजारपछि अर्को ३ लाख रुपैयाँ कमाउनेले ३० प्रतिशत तिर्नुपर्छ। ३० प्रतिशत कर तिर्दा आम्दानी २० लाख रुपैयाँसम्मको पुगिसकेको हुन्छ।

२० लाख रुपैयाँभन्दा माथि जतिसुकै कमाउनेले अर्को ६ प्रतिशत गरेर कुल ३६ प्रतिशत कर भुक्तानी गर्नुपर्छ। अब भने ५० लाख रुपैयाँभन्दा बढी कमाउनेले अर्को ३ प्रतिशत कर तिर्नुपर्ने भएको छ।

बढेको करको भार विशेषगरी बैंक तथा वित्तीय संस्था, कर्पोरेट हाउस र बीमा कम्पनीका माथिल्ला तहका कर्मचारीलाई पर्ने देखिन्छ।