काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैशाख ३१ गतेदेखि निश्कासन गरेको आइपीओ आज (बिहीबार) बन्द हुँदैछ । मागकाे अन्तिम विवरण अाउन बाँकी भएपनि माग गरेको भन्दा अत्यधिक बढी आवेदन गरेका कारण आजैबाट निष्काशन बन्द गर्न लागिएको हो । मागअनुसार आवेदन नपरे जेठ २९ गतेलाई अधिकतम मिति तोकिएको थियो ।
सर्वसाधारण लगानीकर्ता, आफ्ना कर्मचारी तथा म्युचुअल फण्डहरुका लागि समेत गरी ८ लाख ४० हजार कित्ता आइपीओ अंकित मूल्य १०० रुपैयाँमा निश्कासन गरेको हो ।
स्वीकृत कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ३३ हजार ६ सय रैराङका कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ४२ हजार कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी ९१ प्रतिशतले हुन आउने ७ लाख ६४ हजार ४ सय कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।
कम्पनीले न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार २ सय कित्तासम्मका लागि खरीद गर्न सकिने बताएको छ ।
मेरो शेयरमा दर्ता गरी आवश्यक प्रक्रिया पुर्याएका लगानीकर्ताले घरमै बसीबसी आवेदन गर्न सकिने व्यवस्था छ ।
आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमीटेडले गर्दैछ ।
यो जलविद्युत कम्पनीले गत जेठमा आयोजनास्थल पाँचथर र ताप्लेजुङका सर्वसाधारणका लागि ५ करोड ६० लाख रुपैयाँको आइपीओ बिक्री गरेको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि दोश्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निश्कासन भएको हो ।
हाल कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ७५ प्रतिशत रहेकोमा त्यसलाई घटाउन आइपीओ जारी गरिएको हो ।
रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९ दशमलव ९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ । यो आयोजनामा २५ प्रतिशत सेयर स्वामित्व रिडी हाइड्रोपावरको रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19