काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु भिवोर क्यापिटल लिमिटेडले गर्ने भएको छ । 

सो कार्यका लागि रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र भिवोर क्यापिटलबीच बिहीबार(आज २०७५/०२/१७) सम्झौता भएको हो ।

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका तर्फबाट सो कम्पनीका कार्यकारी संचालन गुरुप्रसाद न्यौपाने र  भिवोर क्यापिटल लिमिटेडका तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रीविक्रम थापाले हस्ताक्षर गरेका छन् । 

ट्रेड टावर थापाथलीको चौथो तल्लामा अवस्थित भिवोर क्यापिटलले असार १ गतेदेखि रैराङ हाइड्रोपावरको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य गर्ने रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जनाएको छ ।