काठमाण्डौ । रोजगारीका लागि इजरायल जान साढे ९ हजार बढीको आवेदन परेको छ। 

वैदेशिक रोजगार विभागले पहिलो चरणमा रोजगारीका लागि इजरायल जानका लागि साउन १२ गते १ हजार केयर गिभरका आवेदन माग गरेको थियो। आवेदन दिन म्याद गत सोमबारसम्म थियो। अन्तिम दिनसम्म ९ हजार ६९९ जनाले आवेदन दिएको विभागले जनाएको छ। 

विभागले तोकिएको अवधिभित्र परेका आवेदनलाई भदौको दोस्रो हप्तासम्म स्वीकृत गरेर परीक्षा तयारी गरिरहेको छ। परेका सबै आवेदनलाई रुजु गरेर स्वीकृत भएकालाई लिखित परीक्षाका लागि योग्य मानिने विभागले जनाएको छ। लिखित परीक्षमा उत्तीर्णलाई मात्र अन्तर्वार्तामा लगिनेछ। 

विभागले लिखित परीक्षा तय गरिसकेको छैन। यसका लागि विभागले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई पत्राचार गरेर सुझाव माग गरेको छ।