काठमाण्डौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र आरएसडीसी लघुवित्त वित्तीय संस्थाबीच सम्झौता भएको छ। 

सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र आरएसडीसी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडलले आज एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्। कार्यक्रममा पौडेलले वित्तीय संस्थाले सहकारी संस्थाहरुमार्फत थोक कर्जा प्रवाह गरी रोजगारी सिर्जना गर्न सघाउ पुग्ने धारणा राखे। 

कोषले निर्धारण गरेको लक्षित वर्गका बेरोजगार युवाहरु तथा विदेशबाट सीप आर्जन गरेर स्वदेश फर्केका निम्न वर्गीय परिवारका युवाहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर अर्थतन्त्र बनाउन यस सम्झौताले सघाउ पुर्याउने अधिकारीको भनाइ थियो। 

कोषले विगत एक दशकभन्दा अघिदेखि बेरोजगार युवालाई स्वरोजगार मूलक व्यावसायिक परियोजना सञ्चालनका लागि वित्तिय सहयोग गर्दै आएको छ। 

आरएसडीसी लघुवित्तले सहकारी संस्था तथा खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुलाई थोक कर्जा प्रवाहमार्फत रोजगारी सिर्जना गराई आत्मनिर्भर बनाउनका लागि योगदान गर्दै आएको छ।