काठमाण्डौ । नेपाली कांग्रेसले कोरोनाको संक्रमण रोक्नका लागि परीक्षणमा प्रयोग भइरहेको र्‍यापिड टेस्ट विधि स्थगनको माग गरेको छ । 

उसले परिक्षण समुदाय स्तरसम्म पुर्याउनुपर्ने अनिवार्य आवश्यकता रहेको उल्लेख गर्दै र्यापिड टेस्टको विश्वसनीयतामा विश्वब्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनुपर्ने र पिसिआरकै क्षमता र दायरा बढाइनुपर्ने माग गरेको हो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निमन्त्रणामा आज पार्टी पदाधिकारी, पूर्व स्वास्थ मन्त्रीहरु एवं स्वास्थ्य क्षेत्रका बिज्ञहरुबीच बैठकले यस्तो निर्णय गरेको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकले लकडाउनले कोरोनासँग जुध्न वातावरण निश्चय नै निर्माण गरेको, लकडाउनको उपयोग गरेर कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको उल्लेख गर्दै सरकारले आवश्यक गति बढाउनुपर्ने सुझाव दिने समेत निर्णय गरेको छ । 

कांग्रेसले स्वास्थकर्मीहरुलाई पर्याप्त पिपीई लगायतका सामग्री अझै पनि नपुगेको, यतिको समय बितदा पनि अझै सामाग्री पर्याप्त नहुँदा स्वास्थ्यकर्मीले जोखिमपूर्ण ढंलगे काम गरिरहेका भन्दै तत्काल गुणस्तरीय सामाग्रीको व्यवस्थापन गर्न समेत आग्रह गरेको छ। 

कयौं ठाउँका क्वारेन्टाइन निश्चित मापदण्ड अनुरुपको नभएको र त्यसो हुँदा एकातर्फ कोरोनाकै थप जोखिम बढ्ने देखिएको कांग्रेसको ठहर छ ।

‘अर्कातर्फ डेङ्गो, मलेरिया र अन्य रोगको संक्रमण समेत भएको विवरण आएका छन् । अत विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनहरुको उचित ब्यवस्थापन जरुरी छ।’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकपछि जारी विज्ञप्तिः