प्रल्हाद ओली ।
काठमाण्डौ । लकडाउनको अवधिमा हृदयघात भई एक सेयर ब्रोकरको निधन भएको छ ।
ब्रोकर नम्बर १०, प्रज्ञान सेक्युरिटिज प्रालिका प्रबन्ध निर्देशक प्रल्हादकुमार ओलीको हृदयघातबाट निधन भएको हो ।
ओलीलाई आइतबार बिहान हृदयघात भएको थियो ।
त्यसलगत्तै काठमाण्डौका ह्याम्स अस्पतालमा लगेर उपचार सुरु गरिएको थियो । उपचारको क्रममै उनको आज(मंगलबार) बिहान अस्पतालमै मृत्यु भएको सो ब्रोकर कम्पनीका अर्का संचालक तथा कार्यकारी अध्यक्ष मित्रलाल श्रेष्ठले जानकारी दिएका छन् ।
५५ वर्षीय ओली परिवारसँग धुम्बाराहीमा बस्दै आएका थिए ।
उनका एक पत्नी, एक छोरा र एक छोरी छन् । छोरा अमेरिकामा बस्दै आएका छन् भने छोरीको विवाह भइसकेको बताइएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19