काठमाण्डौ । कोरोनाभाइरस महामारीका बीच नाइजेरियामा अर्काे समस्या देखिएको छ।

नाइजेरियामा कोरोनाभाइरसको नियन्त्रण र रोकथामका लागि लागू गरिएको लकडाउनको अवधिमा बलात्कार र बालहिंसाको घटनामा व्यापक वृद्धि देखिएको हो। जसका कारण त्यहाँको सरकारले देशमा आपतकाल नै घोषणा गर्नुुपरेको छ। 

देशका बढेको बलात्कार र बालहिंसाका कारण नाइजेरियाका ३६ वटा राज्यमा आपतकाल घोषणा गरिएको छ। नाइजेरियामा महिलाहिंसामा व्यापक बढोत्तरी भएपछि सामाजिक सञ्जालमा “वुु आर टायर्ड” भन्ने अभियान राष्ट्रव्यापी रुपमा चलेको छ। यसका साथै हजारौँ मानिसहरु यसविरुद्धमा सडकमा उत्रिएका छन्। 

राष्ट्रको नाममा गरिएको सम्बोधनका क्रममा नाइजेरियाका राष्ट्रपति मुुहम्मद बुुहारीले देशका बढिरहेको बलात्कारका घटनाबाट आफू हैरान भएको बताएका थिए। उनले उक्त क्रममा कम उमेरका बालिकाहरु पनि बलात्कारका सिकार भएकाले आफू थप चिन्तित भएको बताएका थिए। 

लकडाउनका क्रममा नाइजेरियामा करिब ३ गुणाले बलात्कारका घटनामा वृद्धि भएको छ। – एजेन्सी