काठमाण्डौ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि भारत सरकारले बुधबारदेखि २१ दिन लामो देशभर लकडाउन गरेको छ। यद्यपि लकडाउनमा पनि भारतीय सेयरबजारको कारोबारमा कुनै रोकावटा आएको छ। 

भारतको प्रमुख सेयरबजार बम्बई स्टक एक्सचेन्ज (बीएसई) र नेसनल स्कट एक्सचेन्ज (एनएसई) लकडाउनमा कारोबार सुरु भएको हो। एनएसईका प्रवक्ताले बुधबारको कारोबार अन्य दिनजस्तै सामान्य तरिकाले नै हुने बताएका छन्। 

बीएसईका प्रबन्ध निर्देशक आशीषकुमार चौहानले पनि ट्विटरमार्फत बुधबारको कारोबार सामान्य दिनमा झैँ अगाडि बढ्ने बताएका छन्। 

कोरोनाको कहरका कारण पछिल्लो सत्रमा भारतीय सेयरबजामा भारी गिरावट आइरहेको छ। मंगलबार भने सामान्य रिकभरी देखिएको थियो। – एजेन्सी