काठमाण्डौ । कोरोना भाइरसका कारण लकडाउन भएको एक महिना बढी समय भइसकेपछि सेयर बजार अब बन्द गर्न नहुने र सुचारु गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
नेप्सेले पनि आगामी बैशाख २६ गतेदेखि धितोपत्र बजार खुुल्ने भएकाले सम्बद्ध सबै पक्षलाई तयारी अवस्थामा रहन निर्देशन जारी गरिसकेको छ ।
यस्तो बेलामा स्टक ब्रोकर, लगानीकर्ताका नेता र अन्य लगानीकर्ताहरु समेत अब बजार खोल्नुपर्ने माग गर्न थालेका छन् ।
लकडाउन अघि ब्रोकर कम्पनीका कर्मचारीहरु उपत्यकाबाहिर गएकाले उनीहरु आवतजावतका लागि सहज ढंगले पास उपलब्ध भए अन्य कुुनै समस्या नरहेको र ब्रोकरेज सेवा दिन तयारी अवस्थामा रहेको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटको भनाइ छ ।
हाल नेप्सेले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीमा कमजोरी रहेको र पूूर्ण अनलाइनको हावादारी र आँखामा छारो हालिरहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले आरोप लगाएका छन् । हालको अनलाइन दुुरुस्त नभएको र परीक्षणकै रुपमा रहेकाले विश्वसनीय नभएको उनको दाबी छ।
पूूर्ण अनलाइन भई घरबाटै लगानीकर्ताले सेयर कारोबार गर्ने व्यवस्था हुुनुुपर्ने उनको माग छ । अनलाइन कारोबार भएतापनि हाल ब्रोकर अफिस जानैपर्ने बाध्यता रहेको र कोरोना महामारी र लकडाउनका अवधिमा ब्रोकर कार्यालय जान व्यवहारिक नभएको उनको बुुझाइ छ ।
मर्चेन्ट बैंक पनि खुुल्नुुपर्ने माग गर्दै उनले वानडोर पोलिसीबाट सेयर बजारमा सेवासुुविधा, सिंगल डिजिट ब्याजदरका राहत प्याकेज ल्याउन आवश्यक रहेको बताए ।
हाल अनलाइन युुजर १ प्रतिशत मात्र रहेको दाबी गरेका उनले आक्रोशयुक्त प्रश्न गर्दै भने–‘के ती १ प्रतिशतले मात्र सेयर कारोबार गर्ने ठाउँ हो पूूँजीबजार ?बजार भनेको १ प्रतिशतको मात्र प्रतिनिधित्व हुुने ठाउँ हो ? बजार घट्छ भनेर हामीले बजार बन्द हुुनुुपर्छ भनेका हैनौं, तर यो विषयमा नेप्सेले बुुझाउन नसकेको हो कि हामीले बुुझ्न नसकेको हो म बिलखबन्दमा छु ।’
नेप्सेको अनलाइन कारोबार प्रणाली हाल पनि परीक्षणकै चरणमा रहेको र सिस्टम भेण्डर कम्पनीले नेप्सेलाई हस्तान्तरण नगरिसकेको अवस्था छ । ‘यत्रो अधूूरो र अपाङ्ग अनलाइन हुुँदासमेत हाम्रो नियामक नेपाल धितोपत्र बोर्ड के हेरेर बसेको छ कुुन्नि ?’–उनले भने ।
लकडाउनकै अवधिमा सेयर बजार खुुलेमा लगानीकर्ताले बैंकसँग इन्टीग्रेड भई कारोबार सहज भए कारोबार खुुलाउनुुपर्ने लगानीकर्ता दबाब समूूहका महासचिव नयन बास्तोलाको धारणा छ ।
नेप्सेका सीइओ चन्द्रसिंह साउदले अपाङ्ग अनलाइनको अस्तित्व जोगाउन लगानीकर्ताको सम्पत्तिमा खलेवाड गर्ने काम गरेका उनको आरोप छ । सुुरुमा नेप्सेले लगानीकर्तालाई तयार गर्नुुुपर्ने, तर यस्तो हुन नसकेको उनको भनाई छ ।
लगानीकर्ता केशव कोइराला लकडाउन खुलेमा मात्र बजार खुुलाउनुुपर्ने बताउँछन् । ‘अनलाइनको पहुुँच केही सीमित लगानीकर्तामा भएको र लकडाउन अघि मैले कारोबार गरेको अहिले पनि राफसाफ हुुन सकिरहेको छैन।’उनले भने–‘अनि यस्तो अवस्थामा कसरी सम्भव छ ?’
खरिदबिक्रीको भुक्तानी लकडाउन नखुुलेसम्म हुुन नसक्ने जिकिर गर्दै हाल नेप्सेको अनलाइन सेमी भएकाले पूूर्ण अनलाइन भएपछि भने बजार खोल्नुुपर्ने उनको ठम्याइ छ ।
धरानका सक्रिय सेयर लगानीकर्ता केशव न्यौपानेले बिजशालासँग भने–‘लकडाउन अवधिभर सेयर कारोबार गर्ने वातावरण छैन । अनलाइन भरपर्दो नभएको र अपाङ्ग भएकै कारण ब्रोकर कार्यालय गई धितोपत्र किनबेच गर्न सकिँदैन ।’
यस्तै अर्का लगानीकर्ता बासुु श्रेष्ठ मर्चेन्ट बैंक र बैंक तथा वित्तीय संस्था खुुलेमा सेयर कारोबार खुुल्दा फरक नपर्ने बताउँछन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19