काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले विश्वका अधिकांश देश लकडाउन गरिएका छन्। जसका कारण स्कुल, कलेज, अफिस, मार्केट सबै बन्द हुनुका साथै मानिसहरु अहिले आफ्नो घरभित्रै बस्न बाध्य छन्।
लकडाउन गरिएका मुलुक सरकारहरुले पनि जनतालाई घरबाहिर ननिस्किन अपिल गरिरहेका छन्। जनता आफैँ पनि यो भाइरसबाट सुरक्षित हुन घरबाट बाहिर निस्किन सकिरहेका छैनन्।
लामो समयसम्म घरभित्रै बसिरहँदा कामकाजी मानिसलाई स्ट्रेस (मानसिक तनाव) जस्ता समस्या बढ्न सक्छ।
कोरोनाभाइसबाट अहिले विश्वभर ६५ हजार मानिसको ज्यान गइसकेको छ भने संक्रमितको संख्या १२ लाख नाघिसकेको छ।
यो ज्यानमारा भाइरसबाट बच्ने अचुक उपया भनेकै अहिले घरभित्रै सुरक्षित रहनु बनेको छ। त्यसैले लामो समयसम्म घरभित्रै थुनिँदा हुने मानसिक तनावबाट बच्न के गर्न सकिन्छ त ? अपनाउनुस् यी ६ तरिका, जसले तपाइँको मानसिक तनाव कम गर्न निकै मद्दत गर्छ।
१. संगीत, अध्ययन र चित्रकला
यदि घरभित्रै परिवारसँग बस्दा पनि एक्लोपन महसुस भइरहेको वा मानसिक तनाव उत्पन्न हुन थालेको छ भने संगीत सुनेर, किताब पढेर वा चित्रकला गरेर कम गर्न ससकिन्छ। यो बेला तपाइँ ज्ञानबद्र्धक किताब पढ्नु स्वास्थ्यका लागि राम्रो हुन्छ। अथाव कथा, कविता वा उपन्यास पनि लेख्न सक्नुहुन्छ। गीतसंगीमा रुचि छ भने आफूलाई मनपर्ने गीतसंगीत सुन्न सक्नुहुन्छ। चित्रकलामा रुचि छ भने विभिन्न चित्र पनि बनाउन सक्नुहुन्छ। यी कुराले तपाइँको ध्यान तिनै चिजमा केन्द्रित गर्छ र मानसिक तनाव कम गर्छ।
२. मर्निङ वाक
लकडाउन बिहान र साँझको समय केही खुकुलो बनाइएको छ। यो समयमा तपाइँ आफूलाई आवश्यक दैनिक उपभोग्य वस्तु किन्न सक्नुहुन्छ। यो समयको सदुपयोग गर्दै बिहान मर्निङ वाकमा निस्किनुहोस्। ताजा हावामा खुलेर सास लिँदा शरीर स्फुर्त हुन्छ। यसले मानसिक तनाव कम गर्न निकै मद्दत गर्छ।
३. साथीभाइ र आफन्तसँग कुराकानी
लकडाउनका बेला घरभित्रै बस्नुपर्ने भएकोले भिडियो कन्फ्रेन्सबाट साथीभाइ र आफन्तसँग गफ गर्न सक्नहुन्छ। उनीहरुसँग भिडियो च्याट पनि गर्न सक्नुहुन्छ। यसले तपाइँलाई एक्लोपन महसुस हुनेछैन र मानसिक तनाव पनि उत्पन्न हुनेछैन।
४. व्यायम
व्यायमले तपाइँको स्वास्थ्य राम्रो हुनुका साथै तनाव पनि कम गर्छ। त्यसैले लकडाउनका समयमा बिहान र साँझ व्यायम गर्नुहोस्। यसले तपाइँको शरीर स्फुर्त पार्नुका साथै ह्याप्पी हर्मोन उत्पन्न गर्न मद्दत गर्छ र तनाव पनि कम हुन्छ। कम्तीमा दैनिक साँझबिहान २० मिनेटसम्म व्यायम गर्नुहोस्।
५. स्वच्छ र सफा खानेकुरा खानुहोस्
स्वच्छ र सफा खानेकुरा स्वास्थ्यका लागि निकै फलादायी हुन्छ। यसले स्वास्थ्यलाभ पनि हुन्छ र अनावश्यक तनावबाट मुक्ति दिलाउँछ।
६. निद्रा पूरा गर्नुहोस्
स्वस्थ जीवनका लागि निद्रा पूरा हुनु अत्यन्त आवश्यक छ। यदि तपाइँले निद्रा पूरा गर्नुभएको छैन भने विभिन्न थरी समस्या देखिन्छ। यसले गर्दा मानसिक तनाव उत्पन्न हुन सक्छ। अझ लकडाउनका बेला मनमा अनेकथरी कुरा खेल्ने हुँदा निद्रा पूरा गर्न अतिआवश्यक हुन्छ। यसले दिनभरको थकावट अन्त्य गर्नुका साथै दिमागलाई शान्छ पार्छ र मानसिक तनावबाट मुक्ति दिलाउँछ। स्वस्थ मानिसका लागि दैनिक ७ देखि ९ घन्टा निद्रा अनिवार्य हुन्छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago