काठमाण्डौ । लकडाउन अवधिभर धितोपत्र कारोबार स्थगित हुुने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)को आज बसेको सञ्चालक समितिको बैठकबाट काबुुबाहिरको परिस्थिति भएको कारण जनाउँदै नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम नै धितोपत्र कारोबार स्थगित गरिएको जारी विज्ञप्तिमा भनिएको छ ।

देशमा नोभेल कोरोनाभाइरसको प्रकोपलाई नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकारले आगामी बैशाख १५ गतेसम्म लकडाउन अवधिभर धितोपत्रको कारोबार नहुुने भएको हो ।