जेम्स ग्यालहर
-स्वास्थ्य तथा विज्ञान संवाददाता
कोरोनाभाइरसको सङ्क्रमण फैलनबाट रोक्न लकडाउनले महत्वपूर्ण भूमिका खेलिरहेको छ तर लकडाउनले संसारभर ठूलो अस्तव्यस्तता र तनाव पनि निम्त्याएको छ।

लकडाउन कहिले खुल्छ भन्नेबारे निर्णय गर्ने जिम्मेवारी सरकारहरूको हो।

कहिले कदम चल्ने, कस्ता खालका नियमनहरू खुला गर्ने र त्यसको साटो कसरी भाइरस नियन्त्रण गर्ने अनि कसरी मानिसको जीवन बचाउने र समाजमा दिर्घकालीन क्षति कम गर्ने भन्ने उनीहरूले निर्णय गर्छन्।

यो लामो यात्रा हो त्यहि भएर यो केही हप्तामा नै सम्पन्न भइसक्छ भन्ने नठान्नुहोला।

"खासमा हामीसँग अरू खासै राम्रा विकल्पहरू छैनन्। एक दिनमा नै केही हुँदैन तर विस्तरै अवस्था फेरिनसक्छ," लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रोपिकल मेडिसिनका डाक्टर एडम खुचार्स्की भन्छन्।

किन लकडाउन त्यसै खोल्न सकिँदैन्?

सङ्क्रमणको तह सर्वाधिक उच्च विन्दुमा पुगेपछि वा सर्वाधिक तल्लो विन्दुमा खसेपछि हामी स्वत: साधारण अवस्थामा फर्कन सक्दैनौँ।

युकेमा सङ्क्रमित भएका मानिसहरूको अनुमानित अनुपात जम्मा ४ प्रतिशत हो। वा अर्को अर्थमा ६ करोड ३० लाख भन्दा बढी मानिसहरू अझै पनि सङ्क्रमणको जोखिममा छन्।

यदी त्यहाँ लकडाउन खुल्ला गरियो भने अर्को विस्फोटक सङ्क्रमण अवश्यंभावी छ।

कोरोनाभाइरसको आधारभूत चरित्र अझै परिवर्तन भएको छैन। एकजना सङ्क्रमित व्यक्तिले लकडाउन नभएको अवस्थामा औसतमा तीन जनामा सङ्क्रमण फैलाउने बताइन्छ।

सङ्क्रमण ६० देखि ७० प्रतिशतले घटाउने हो भने मात्रै संख्या घटाउन सकिन्छ। त्यसको अर्थ अहिलेलाई हामीले त्यहि परिमाणमा हाम्रो मानव सम्पर्क पनि घटाउनुपर्छ।

खेल्नसक्ने ठाउँ?

तर यदि सङ्क्रमणको विस्तारको दरलाई देशहरूले ७० प्रतिशत भन्दा बढीले घटाउन सके भने अवस्था बदलिनसक्ने ठानिन्छ।

त्यसको प्रमाण रहेको उल्लेख गर्द डाक्टर खुचार्स्कीले लकडाउनको अवधिमा चीनमा सङ्क्रमणको विस्तार ८० देखि ९० प्रतिशतले घटेको बताए।

अहिलेको संख्यावृद्धि पछि सङ्क्रमणको संख्यालाई कममा झार्न उपयुक्त हुनसक्छ।

त्यसबाहेक सङ्क्रमणका घटनाहरूमा ठूलो वृद्धि नगराई त्यसबेला कायम केही प्रतिबन्धहरू हटाउने अवसर पनि त्यसले दिनेछ।

कोरोनाभाइरसको सङ्क्रमणको केन्द्रविन्दु रहेको चीनको वुहानमा कठोर र लामो लकडाउन लागू गरिएको थियो जसका क्रममा सार्वजनिक यातायतका साधन पनि बन्द गरिएका थिए।

अन्य देशसँग त्यस्तो चलखेल गर्नसक्ने क्षमता छ कि छैन भन्ने प्रष्ट भइसकेको छैन।

हामी किन व्यापक परीक्षण गर्न सकिरहेका छैनौँ ?
कोरोनाभाइरसको व्यापक परीक्षणले 'खोज र नष्ट गर' भन्ने रणनीति अँगालेको छ।

यसमा सङ्क्रमणका घटना पहिचान गर्ने र त्यस्ता व्यक्तिसँग सम्पर्कमा आएकाहरूको जाँच गर्ने र उनीहरू सङ्क्रमित हुनुअघि एक्ल्याएर राख्ने गरिन्छ।

थोरै र बाहिरबाट आयात भएका केही घटनाहरू देखिएको सुरुको चरणमा यस्तो अवधारणा लिने गरिन्छ।

यसलाई सफलतापूर्वक कार्यान्वयन गर्न सक्दा भाइरसलाई नियन्त्रण गर्न सकिन्छ र दैनिक रूपमा कठोर प्रतिबन्धहरू लगाइरहनुपर्दैन।

डाक्टर खुचार्स्की भन्छन् "यस्तोमा औसतमा ६० देखि ७० प्रतिशतसम्म सामाजिक सम्पर्क घटाउन सके सङ्क्रमण फैलनबाट रोक्न सकिन्छ। अझ त्यसलाई झारेर तीस प्रतिशतमा ल्याइयो भने तपाईँलाई थप अनुकुल अवस्था हुनेछ।"

तर व्यापक परीक्षण भनेको पनि साधारण दैनिकीको अवस्था होइन। सङ्क्रामक रोग, जोखिममा रहेका जनसङ्ख्या अनि दीर्घकालीन तयारीको परिणाम अनुसार गरिने द्रुत परीक्षणमा धेरै कुरा निर्भर हुन्छ।

जोखिममा रहेकाको रक्षा गर्ने विधि?
अर्को रणनीतिलाई 'बलियो सुरक्षाकवच' भन्ने गरिन्छ। त्यसमा कोरोनाभाइरसलाई समाजको सबै तप्कामा पुग्नबाट नियन्त्रण गर्ने प्रयास गर्नुको साटो सबैभन्दा जोखिममा रहेका समूहलाई मात्र लक्षित गर्न सकिन्छ।

उमेर र अरू स्वास्थ्य अवस्थाले कोभिड-१९ लाई थप घातक बनाउन भूमिका खेल्ने गर्छ। लकडाउनले अस्पतालका सघन उपचार कक्षहरू भरिभराउ हुन दिदैँन। तर युवा तथा स्वस्थ व्यक्तिमा व्यापक सङ्क्रमण देखिएपनि उच्च जोखिममा रहेका उमेर समूहहरू सङ्क्रमित नहुने सुनिश्चित गर्दा पनि त्यस्ता लक्ष्य हासिल हुन्छन्।

ज्येष्ठ नागरिककोमा नियमित भ्रमण गरिरहेका अस्पतालका सबै स्टाफ, केयर होम वा जो कोही भाइरसमुक्त छन् भनेर परीक्षण गर्नु महत्वपूर्ण हुन्छ।

समुदायमा भाइरसको विस्तार भन्दा रक्षकवचकहरू दवावमा आएको अवस्था नियन्त्रणमा लिनु अझ अप्ठेरो र घातक हुने देखिन्छ।

लकडाउनका कस्ता व्यवस्था हटाउन सकिन्छन्?
डाक्टर खुचार्स्कीका अनुसार केही अन्तरक्रिया र गतिविधि समान्यतया कम जोखिमपूर्ण हुन्छन् र तीनीहरूलाई भाइरसको सङ्क्रमण फैलाउने जोखिमका आधारमा न्यून, मध्यम र उल्लेख्य समूहमा वर्गीकरण गर्न सकिन्छ।

कतिपय देशमा प्रतिबन्ध लगाइएको बाहिर गरिने व्यायाम सहितका गतिविधिलाई न्यून जोखिम भनिएको छ।

अत्यावश्यक बाहेकका पसल पुन: खोल्न दिने र बेला बेला मानिसहरूलाई घर बाहिर पनि सामुहिक रूपमा भेला हुन दिने गर्दा मध्यम तहको भन्न सकिन्छ।

तर घरभित्रैबाट काम गर्ने सुझाव हटाउने, विद्यालयहरू सञ्चालनमा ल्याउने र बिरामी अनि क्वारन्टीनमा रहेकालाई अलग नराख्दा उल्लेख्य जोखिम हुने देखिन्छ।

तर कुन व्यवस्थालाई हटाउने र कुनलाई कायम राख्ने भन्ने अप्ठेरो निर्णय हो। समाजलाई र अर्थतन्त्रलाई पुर्याउने फाइदासँग भाइरसले पार्नसक्ने प्रभाव हेरेर यसबारे निष्कर्षमा पुग्न विज्ञहरू सुझाव दिन्छन्।

इम्पिरिअल कलेज लण्डनका प्राध्यापक नील फर्गुसन मेको अन्त्यबाट लकडाउनको अहिलेको अवस्था अन्त्य हुनसक्ने बताउँछन्। तर उच्चविन्दुको सङ्क्रमण देखापरिसकेपछि हामी कहाँ पुग्छौँ भन्नेमा त्यो निर्भर हुने उनले बताए।

केले अहिलेको अवस्था बदल्नसक्छ?

सबैभन्दा ठूलो फरक खोपले पार्न सक्ने ठानिन्छ। खोप लगाइएको भए समाजिक दुरी कायम गर्नु पर्दैनथियो। कोरोनाभाइरसको खोप आउन एक वर्ष भन्दा बढी समय लाग्ने ठानिएको छ।

सर्वत्र भइरहेको प्रयासका माझ यदि खोप आएन भने ठूलो संख्यामा प्रतिरोधी क्षमता कायम हुने अर्को अवधारणाको पनि चर्चा चलिरहेको छ। भनौँ न विश्वको कम्तिमा ७० प्रतिशत जनसंख्यामा एकपटक कोरोनाभाइरसको संक्रमण देखापरेको अवस्थामा भाइरसले महामारीको स्वरूप फेरी लिन नसक्ने बताइन्छ।

प्रभावकारी औषधीले पनि ठूलो फरक पार्न सक्छन्। यदि तिनले खोकी वा ज्वरोलाई आइसीयूमा उपचार गराउनुपर्ने गम्भीर रोग बन्नबाट रोक्न सके भने पनि ठूलो संख्यामा सङ्क्रमण देखिनुपनि समस्या रहँदैन। यसबारे अझै अनुसन्धान नै चलिरहेको छ।

-बीबीसीबाट