काठमाण्डौ । सरकारले लकडाउनलाई अहिलेकै स्वरुपमा थप १० दिन लम्ब्याउने निर्णय गरेको छ । 

मन्त्रीपरिषद बैठकले लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । 

बैशाख १५ गतेसम्म भोलिसम्म लकडाउन थियो । अब यो लकडाउन कम्तीमा बैशाख २५ गतेसम्म रहनेछ । 

लकडाउन लम्ब्याउने वा स्वरुप परिवर्तन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको मन्त्रीपरिषद बैठकमा मन्त्रीहरुलाई आवश्यक तयारी गर्न निर्देशन दिएका थिए । 

मन्त्रीहरुको समेत सहभागिता रहेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको शनिवारको बैठकले सिसीएसमी अन्तरगत मुख्य सचिवको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो । कार्यदलले लकडाउनकै कारण कोरोना नियन्त्रणमा आएको उल्लेख गर्दै अहिलेकै स्वरुपमा लकडाउन बढाउनुपर्ने निश्कर्ष क्याबिनेटमा पेश गरेको थियो ।