 
                     
                                
                             
                                    काठमाण्डौ । अर्थव्यवस्था खुला गरिएसँगै कारोनाभाइरसको संक्रमणका मामिला पनि बढ्न थालेपछि धेरैजसो एसियाली सेयरबजाहरुमा मंगलबार गिरावट आएको छ।
जापान, हङकङ, संघाई र सिड्नीका सेयरबजारमा व्यापक गिरावट देखियो। उता अमेरिको वाल स्ट्रिटमा सुस्तता देखियो। त्यहाँ प्रोद्योगिकी र फर्मका सेयरहरुमा उछाल देखियो भने अन्य कम्पनी सेयरहरुमा भारी नोक्सानीको सामना गर्नुपर्यो।
दक्षिण कोरिया, चीन र अन्य ठाउँमा कोरोना संक्रमण बढ्न थालेछि लगानीकर्ताहरु चिन्तित बनेका छन्। जापानको निक्केई २२५ मंगलबार ०.१ प्रतिशतको गिरावटका साथ २० हजार ३६६.४८ मा बन्द भयो।
दक्षिण कोरिाको कोस्पी ०.४ प्रतिशतको गिरावटका साथ १ हजार ९२७.१३ अंकमा रोकियो। अस्ट्रेलियाको एसएडी/एएसएक्स २०० सूचकांक १.२ प्रतिशतको गिरावट आएर ५ हजार ३९६.६० मा झरेको छ।
यसैगरी ताइवान, सिंगापुर र जकार्ताका सेयरबजारमा गिरावट देखियो। जब कि बैंककमा ०.५ प्रतिशतको बढोत्तरी देखियो।
अधिकांश देशमा लकडाउनपछि अर्थव्यवस्थाले पनि गति लिने आशा पलाइरहेकै बेला संक्रमणको नयाँ लहर झनै बढ्न थालेको छ।
लकडाउनको ५० दिनपछि खुलेको नेपालको सेयर बजारको हालत पनि एसियाली देशका अन्य बजारको जस्तै नाजुक देखिएको छ। यो दिन नेपालको सेयर बजार परिसूचकमा नेगेटिभ सर्किट लागी धितोपत्र बोर्डले तोकेको २ घन्टे कारोबार सेसनअगाडि नै बजार बन्द हुन पुग्यो।
कारोबारमा आएका सबै कम्पनीका लगानीकर्ताहरुले सम्पत्ति गुमाए। आउँदा केही दिनसम्म नेपालको सेयरबजारमा सुधार हुने कुनै छाँटकाँटसम्म देखिन्न।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19