rajeshkaji shrestha
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले लकडाउन खुलेको ३ महिनाभित्र मात्रै कर बुझाउन सकिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
जेठ २० गते आन्तरिक राजश्व विभागले आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कको विवरण र कर रकम जेठ २५ गतेभित्र दाखिला गर्न तागेता गरेपछि आक्रोशित निजी क्षेत्रले यसको तीव्र विरोध गरिरहेको छ । यही क्रममा चेम्बरले समेत लकडाउनको अवधिमा करको विवरण र रकम बुझाउने म्याज जारी हुनुलाई बिडम्बनापूर्ण भन्दै लकडाउन खुलेको ३ महिनाभित्रमा कर विवरण र रकम बुझाउने व्यवस्था गर्न माग गरेको हो ।
चेम्बरले जेठ २५ गतेभित्र करको विवरण र कर रकम बुझाउन भनी प्रकाशित सूचना खारेज गरी नयाँ सूचना प्रकाशनको व्यवस्था मिलाउन समेत माग गरेको छ ।
‘कोभिड-१९ को प्रकोपका कारण बिगत ७० दिन देखि मुलुक लक डाउनमा भएकोले समग्र आर्थिक एवम व्यावसायीक कारोवार ठप्प अवस्थामा रहेकोे छ । तरलताको अभावले कर्मचारी मजदुरको पारिश्रमिक लगायत अन्य बैंकको व्याज किस्ता तथा अन्य बिबिध खर्चहरु समेत धान्न नसकी रहेको अवस्था छ ।’ चेम्बरले विज्ञप्ति जारी गर्दै भनेको छ–‘आ.ब.२०७७/७८को प्रस्तुत बजेट सम्बोधनको क्रममा समेत व्यवसायिक क्षेत्रले भोगिरहेको कठिन चुनौतिलाइ स्वीकार गरिसकेको अवस्था पनि छ । यस्तो कठिन अवस्थामा व्यवसायिक क्षेत्रबाट नगद प्रवाहको अभावले तत्कालै कुनै पनि करहरु तिर्न असमर्थ रहेको अवस्था छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago