काठमाण्डौ । लकडाउन खुकुलो पारेको छिमेकी मुलुक भारतसहित १५ देश कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा पर्ने चेतावनी दिइएको छ।
सेक्युरिटिज रिसर्च फर्म नोमुरा हालै एउटा प्रतिवेदन तयार पार्दै भारतलाई लकडाउन खुकुलो पारेकै कारण पुनः कोरोनाको उच्च जोखिममा पर्न सक्ने १५ वटा देशभित्र समावेश गरेको हो। प्रतिवेदनमा लकडाउन खुकुलो पारेकी कारण यी १५ देशमा कोरोनाको जोखिम पुनः बढ्दै जाने आँकलन गरिएको छ।
नोमुराले आफ्नो अध्ययनका क्रममा ४५ वटा मुख्य अर्थव्यवस्था भएको देशलाई समावेशगरेको थियो। यी देशहरुलाई ३ वर्गीकरणमा राखिएका छन्। पहिलो अन ट्रयाक (जोखिम नभएको), दोस्रो वार्निङ साइन (कम जोखिम) र तेस्रो डेन्जर जोन (उच्च जोखिम)।
नोमुराले तयार पारेको प्रतिवेदनमा अस्ट्रेलिया, फ्रान्स, इटाली, अस्ट्रिया, जापान, नर्वे, स्पेन, थाइल्यान्ड, इटली, ग्रिस, रोमानिया, दक्षिण कोरियाजस्ता १७ देशलाई जोखिम नभएको वर्गमा राखिएको छ।
यसैगरी डेनमार्क, फिनल्यान्ड, हंगेरी, आयरल्यान्ड, पोल्यान्ड, जर्मनी, अमेरिका, ब्रिटेनलगायत १३ देशलाई भने नोमुराले कम जोखिम भएको देशका रुपमा वर्गीकरण गरेको छ।
उता भारत, इन्डोनेसिया, चिली, पाकिस्तान, ब्राजिल, मेक्सिको, स्विडेन, सिंगापुर, दक्षिण अफ्रिका र क्यानडाजस्ता देशलाई उच्च जोखिममा रहेका देशका रुपमा नोमुराले वर्गीकरण गरेको छ।
नोमुराको प्रतिवेदनमा १७ देशको अर्थव्यवस्था ट्रक (लय) मा रहेको उल्लेख छ। त्यहाँ कोरोनाभाइरसको पुनरागमन हुने सम्भावना कम रहेको देखाइएको छ।
यसैगरी १३ देशलाई कम जोखिममा राख्दै त्यहाँ कोरोनाका छिटफुट मामिलाहरु देखा पर्ने प्रतिवेदनमा उल्लेछ। भारतसहित १५ देशलाई उच्च जोखिममा राख्दै नोमुराले यी देशमा पुनः कोरोना कहर फर्किन सक्ने चेतावनी दिएको छ।
नोमुराको अध्ययनले लकडाउन हटाउँदा दुई किसिमको अवस्था सिर्जना हुने देखाएको छ। पहिलो अवस्थामा दैनिक गतिविधि बढ्नुका साथै कारोबार पुनः सुचारु हुनेछ तर दैनिक नयाँ संक्रमणको मामिला न्यून रुपमा बढ्नेछ।
दोस्रो अवस्थामा नतिजा निकै डरलाग्दो छ। यो अवस्थामा लकडाउन खुकुलो पार्दै अर्थव्यवस्था सुचारु गर्दा संक्रमणको मामिला ह्वात्तै बढ्ने संकेत गरिएको छ। यसले गर्दा जनतामा डर फैलिने र दैनिक गतिविधि प्रभावित हुने चेतावनी दिइएको छ। त्यसैले यो अवस्थामा ती देशहरुले पुनः लकडाउन लगाउन सक्ने आँकलन गरिएको छ।
भारतमा गत मार्च २५ बाट लकडाउन लगाइएको थियो। जुन अलगअलग ४ चरणमा मे ३० सम्म लगाइयो। अहिले भारतमा मल, धार्मिकस्थल, रेस्टुराँ खोल्न अनुमति दिइएको छ। यसले गर्दा भारतमा संक्रमणको मामिला दिनानुदिन बढ्दै जाने खतरा रहेको अध्ययनले देखाएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago