काठमाण्डौ । अमेरिकामा आउँदो सेप्टेम्बर महिनासम्म विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख पुग्ने अनुमान गरिएको छ।
हार्वर्ड ग्लोबल हेल्थ इनिसिएटिभका प्रमुख आशीष झाले अमेरिकी टीभी च्यानल सीएनएनसँगको अन्तर्वार्ताका क्रममा यस्तो अनुमान सार्वजनिक गरेका हुन्। उनले भनेका छन्, ‘यदि संक्रमणको नयाँ मामिलामा तीव्रता नपाए पनि सेप्टेम्बर महिनासम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या २ लाख पुग्छ।’
झाले सेप्टेम्बरसम्म पनि कोरोना महामारी नटर्ने दाबी गरेका छन्। ‘यो महामारी त्यसपछि पनि रहन्छ र मानवीय क्षतिको सिलसिला जारी रहन्छ’, उनले भनेका छन्।
त्यसो त अमेरिका गत बुधबारदेखि लकडाउन खुकुलो पारेको छ। झाले यस विषयमा पनि चिन्ता जाहेर गरेका छन्। ‘कोरोना संक्रमणको मामिलामा नियन्त्रणअघि नै अमेरिकाले लकडाउन खुकुलो पारेको छ, यसले गम्भीर अवस्था सिर्जना गर्न सक्छ’, उनले चेतावनी दिएका छन्।
झाले कोरोना संक्रमण हुने मृत्यु टेस्टिङ, कन्ट्याक्ट ट्रेसिङ, सामाजिक दूरीका कडा नियम र अनिवार्य मास्कको प्रयोगजस्ता उपाय अवलम्बन गरेर रोक्न सकिने सुझाव दिएका छन्।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख बढी भइसकेको छ। जब कि त्यहाँ ज्यान गुमाउनेको संख्या १ लाख १३ हजारभन्दा बढी छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago