काठमाण्डौ । लकडाउनको अन्त भएको सरकारी घोषणासँगै काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको पहिचान हुने क्रम बढ्न थालेको छ । यो क्रममा पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाका ३ जिल्लामा ९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
ती ९ मध्ये ५ जना काठमाण्डौ जिल्लामा, २ जना ललितपुर र २ जना भक्तपुर जिल्लाका रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४७ संक्रमित थपिएका छन् भने १५६ जना निको भएर घर फर्किएका छन् । यसरी नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ भने डिस्चार्ज हुनेको कुल संख्या १२ हजार ८४० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समय देशभरका प्रयोगशालामा ३ हजार ४८१ स्वाब परीक्षण गरिएकोमा १४७ जनामा संक्रमण देखिएको हो ।
यसैबीच, कोरोना संक्रमणका कारण थप एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । वीरगञ्जको माइस्थान घर भएका एक ७० वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।
उनको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मर्नेको संख्या ४३ पुगेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19