काठमाण्डौ । लक्ष्मी लघुवित्त र आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज कात्तिक २९ गते अन्तिम मौका रहेको छ।
यी दुवै लघुवित्त लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि कात्तिक ३० गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज कात्तिक २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
लक्ष्मी लघुवित्तले चुक्तापुँजीको कुल २७.३६८४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २० प्रतिशत बोनस सेयर र ७.३६८४२१ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश संस्थाको आउँदो मंसिर १० गते हुने १० औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
यसैगरी आरएसडीसी लघुवित्तले चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश संस्थाको आउँदो मंसिर १० गते हुने आठौँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago