काठमाण्डौ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ योजनाको साउन मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

योजना व्यवस्थापक लक्ष्मी क्यापिटलले लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको वित्तीय विवरण सार्वजनिक गरेको हो। 

साउनमा लक्ष्मी उन्नति कोषको प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेर १३.५० रुपैयाँमा झरेको छ। गत असारमा न्याभ १४.९२ रुपैयाँ रहेको थियो। 

साउनसम्म यो फन्डले सूचीकृत सेयरमा ५५ करोड २ लाख रुपैयाँ र सार्वजनिक निष्कासनमा १३ लाख ६३ हजार रुपैयाँ लगानी गरेको छ।

यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी ५५ करोड १५ लाख रुपैयाँ बढी रहेको छ। असारसम्म कुल लगानी ५२ करोड ९८ लाख रुपैयाँ रहेको थियो।

साउनमा यो फन्डको कुल आय २२ करोड ३२ लाख रुपैयाँ रहेको छ। 

साउनमा लक्ष्मी इक्विटी फन्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेर १३.२२ रुपैयाँमा झरेको छ। गत असारमा न्याभ १५.८१ रुपैयाँ रहेको थियो। 

साउनसम्म यो फन्डले सूचीकृत सेयरमा ९३ करोड २ लाख रुपैयाँ, सार्वजनिक निष्कासनमा २६ लाख १ हजार र ऋणपत्रमा ५ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ। यस्तो लगानी असारसम्म क्रमशः १ अर्ब ४ करोड रुपैयाँ, ५६ लाख ४९ हजार रुपैयाँ र ५ करोड ४१ लाख रुपैयाँ रहेको थियो। 

यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी ९८ करोड ६९ लाख रुपैयाँ बढी रहेको छ। असारसम्म कुल लगानी १ अर्ब १० करोड रुपैयाँ रहेको थियो।

साउनमा यो फन्डको कुल आय ३५ करोड १४ लाख रुपैयाँ रहेको छ।