काठमाण्डौ । लक्ष्मी बैंकले निष्कासन गरेको रु. २ अर्ब मूल्यबराबरको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर, २०८८’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

आज एक कार्यक्रमबीच लक्ष्मी बैंक र नेप्सेबीच उक्त ऋणपत्र सूचीकरण गर्नेसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरेका छन्। 

सूचीकरणपश्चात उक्त ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।