काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजना लाभांश घोषणा गरिएको छ।
लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरिएको हो।
कोष प्रवर्द्ध लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेका लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई ९.५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको छ।
लक्ष्मी क्यापिटलको आइतबार (साउन १४ गते) बसेको सञ्चालक समितिको बैठकले ती दुई योजनाको लाभांश वितरण गर्ने निर्णय गरेको हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago