काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।
कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेका लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९–८०का लागि लाभांश वितरण गर्न बुक क्लोजको मिति तय गरिएको हो।
लक्ष्मी क्यापिटलका अनुसार यी दुवै योजनाको लाभांश वितरणका लागि यही साउन ३२ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ साउन ३१ गतेसम्म कायम इकाइधनीहरुले यी दुवै योजनाको लाभांश पाउन योग्य हुनेछन्।
क्यापिटलका अनुसार उक्त आर्थिक वर्षका लागि करसहित लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई ९.५ प्रतिशत र लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई ८ प्रतिशत नगद प्रतिफल वितरण गर्ने निर्णय भएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19