laxmi murder case
काठमाण्डौ । मंसिर २४ गते जिल्लाको सानोवाङ्थली गाविसमा अमानवीय ढंगबाट हत्या गरिएकी लक्ष्मी परियारको शव आफन्तले अझै बुझ्न मानेका छैनन्।
राष्ट्रिय दलित आयोगले लक्ष्मी परियारका श्रीमान मिलन परियारलाई समेत उनकै भाईको जाहेरी र घटनास्थलको प्रमाणका आधारमा पक्राउ गरी मुद्दा चलाएपछि छुटाउन दबाब दिने उद्देश्यले लक्ष्मीको शव नबुझ्न भनेको लक्ष्मीका देवर ज्ञानबहादुर परियारले भने।
‘हामीलाई मिलन निर्दोष छन्, लक्ष्मीको शव बुझ्यो भने हामी तल पर्छौं, उनलाई रिहा नगरेसम्म शव बुझ्न हुँदैन भनिएको छ,’ ज्ञानबहादुरले भने, दलित आयोगले भने बाहेक हामी केही गर्दैनौं।’ यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago