काठमाण्डौ । लक्ष्मी बैंकको २ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिन आज शुक्रबार अन्तिम दिन रहेको छ ।
बैंकले रु. १ हजार दरका इकाइहरुको गत असोज २३ गतेदेखि बिक्री खुलाएको थियो ।
नेपाल धितोपत्र बोर्डले गत भदौ १७ गते लक्ष्मी बैंकलाई प्रतिइकाइ १ हजार रुपैयाँ दरमा २० लाख इकाइ ऋणपत्र बिक्री गर्न स्वीकृति दिएको थियो ।
बैंकले १० वर्ष अवधिको ‘१०% लक्ष्मी बैंक डिबेन्चर-२०८६’ नाममा ऋणपत्र जारी गरेको हो । जसमा कुल इकाइमध्ये ८ लाख इकाइ सर्वसाधारणका लागि रहेको छ भने बाँकी १२ लाख इकाइ भने बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० ब्याजदर पाउनेछन् ।
बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङले गर्नेछ । यो ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ दिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago