काठमाण्डौ । लगातार तेस्रो दिन देशभर नयाँ संक्रमित थपिनेभन्दा निको हुनेको संख्या बढी देखिएको छ। कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि लगातार घटिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर थप ९ हजार ८४१ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ४ लाख २८ हजार ६७० पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ६ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ।

यो अवधिमा काठमाण्डौ उपत्यकामा मात्रै २ हजार ३२४संक्रमित फेला परेका छन्। जसमा काठमाण्डौमा मात्रै १ हजार ७९६ जना, ललितपुरमा ३१५ र भक्तपुर २१३ जना छन्। 

हाल देशभर १ लाख १३ हजार ३४९ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा देशभर थप ९६ जनाको कोरोनाबाट मृत्यु भएको छ।