काठमाण्डौ । सेयर बजारमा केही दिनदेखि सामान्य सुधार देखिएको छ।
गत जुलाई १२ देखि बजार निरन्तर ७ दिन बढेको छ। गत जुलाई ११ भारी अंकका गिरावटका साथ बजार १९१५.६१ को विन्दुमा बन्द भएको थियो। त्यसपछि लगातार बढेको बजार आजसम्म आउँदा २०४५.७० को विन्दुमा बन्द भएको छ।
यो हिसाबले बजार पछिल्लो ७ कारोबारमा जम्मा ५३ अंकले उकालो लागेको छ।
कारोबार रकम पनि विगत तीन दिनको तुलनामा आज २ अर्बभन्दा माथि भएको छ। यस हिसाबले बजार विस्तारै सम्हालिँदै गएको बुझिन्छ।
प्राविधिक रुपमा बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले मध्य ब्यान्डभन्दा माथि ५ वटा हरियो क्यान्डल बनाएको छ। योसँगै मूल्यरेखा अप्पर ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। (हेर्नुहोस् कालो एरो)
दैनिक चार्टमा एमएसीडी रेखाले सिग्नल लाइनलाई गत २७ जुनमा तलबाट काटेर बुलिस क्रसओभर भएको छ। जुन अहिले पनि भ्यालिड नै छ। हिस्टोग्राम निरन्तर सकारात्मक भएको देखिन्छ। (हेर्नुहोस् कालो एरो)
त्यसैगरी आरएसआई पनि न्यून विन्दु २० बाट बढेर न्युट्रल जोन ५४ मा रहेको छ। यस्तो विन्दु अघिल्लोपटक ओभरबट जोन ७२ सम्म पुगेको थियो।
आगामी दिनमा बजार यदि २०६० भन्दा माथि जान्छ भने बजारले बुलिसको बाटो तय गर्दैै गरेको बुझिन्छ। बजार अप ट्रेन्डमा नै गएको कन्फर्मेसन गर्न भने २१४८ को विन्दुलाई ब्रेक गर्नैपर्ने हुन्छ। डाउ थेउरीअन्तर्गत पनि यो विन्दुभन्दा माथि जाँदा हायर हाई बनाउँदै गरेको बुझ्नि सकिन्छ।
सुपर ट्रेन्डले भने बजार अझै बुलिस नभइसकेको देखिन्छ। किनकि अझै पनि मूल्यरेखाहरु सुपर ट्रेन्डभन्दा तल नै रहेका छन्।
बजारमा लगातार झिनो वृद्धि आए पनि भोलुमले भने खासै साथ नदिएको देखिन्छ। आजको कारोबारमा २ अर्ब रुपैयाँभन्दा माथि हुनुलाई केही सकारात्मक रुपमा लिन भने सकिन्छ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago