काठमाण्डौ । केही समयदेखि निरन्तर बढेको सेयर बजारमा आज ब्रेक लागेको छ। 

पछिल्लो समय १९०८ को विन्दुबाट उकालो यात्रा तय गरेको बजारले आज २१४५ को उच्च विन्दुबाट पुनः खसेर रातो मारुबुजु क्यान्डल बनाएको छ। योसँगै नेप्सेको दैनिक चार्टमा बोलिंगर ब्यान्डको अप्पर ब्यान्डमा छोएर आज करेक्सन भएको छ। 

करिब साढे २०० अंक बढेपछि बजारमा करेक्सन आउनुलाई सामान्य नाफा बुकको संज्ञा पनि बजार जानकारहरुले दिएका छन्।

प्राविधिक रुपमा पनि आज बजारले अप्पर ब्यान्डमा छोएर रातो मारुबुजु बनाएको छ। यसले केही अंक बजारले अझै गुमाउने सक्ने देखिन्छ। 

फिवानासीमार्फत हेर्दा १९०८ देखि २१४५ सम्म तानेर हेर्दा आज बजारले ०.२३ प्रतिशतको करेक्सन २०८८ सम्म, ०.३८ प्रतिशतको करेक्सन २०५४ सम्म, ०.५ प्रतिशतको करेक्सन २०२३ सम्म र ०.६१ प्रतिशतको करेक्सन १९९९ सम्म आउन सक्छ। 

आज बजार सुपर ट्रेन्डमार्फत पनि बुलिस नै देखिन्छ। आरएसआई ६३ को तहबाट झरेर ५६ को विन्दुतर्फ आएको छ। 

इचिमोकुमार्फत हेर्दा बजार मूल्यरेखाले क्लाउड पोजिसनको दोस्रो लाइनलाई ब्रेक गरेर माथि जाँदै गरेको देखिन्छ। यसले बजार अप ट्रेन्डकै निरन्तरता लिएको मान्न सकिन्छ। (हेर्नुहोस् इचिमोकु (मुख्य तस्बिर) मा कालो एरो)