काठमाण्डौ । लगानीकर्ताहरु मौद्रिक नीतिको व्यग्र प्रतिक्षामा बस्दा मंगलबार बजार बढ्न सकेन । यो दिन नेप्से परिसूचक स्थिर रहे पनि कारोबार रकम चाहि निकै धेरै घट्यो। 

नेप्से परिसूचक ०.५ अंकले घटेको यो दिन बजारमा २८ करोड ८० लाखको हाराहारीमा कारोबार भयो । 

यो दिन बजारमा ‘क’ वर्गका कम्पनीहरुमा थोरै भए पनि खरीद चाप देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स ०.१३ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स०.०१ अंकले बढ्यो । 

मंगलबार बैंकिङ समूह १.४५ अंकले बढ्यो भने बिमा समूह ५.३ र बित्त समूह ०.०७ अंकले बढे । बाँकी सबै समूहको सूचकमा रातो पोतियो । 

यो दिन होटल समूह १.४१ अंकले घट्यो भने विकास बैंक समूह ०.४७ अंक, जलविद्युत समूह २.१५ अंक, उत्पादनमूलक ७०.५२ अंक, अन्य समूह १.९९ अंक तथा माइक्रोफाइनान्स समूह ०.५३ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६० कम्पनीका ८ लाख ७६ हजार ६ सय ११ कित्ता सेयर २८ करोड ७९ लाख ७४ हजार ४ सय ३१ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी कृषि विकास बैंकको १ करोड ४८ लाख बढीको सेयर किनबेच भयो । यस्तै, नेपाल टलिकमले १ करोड १६ लाख, इन्भेष्टमेन्ट बैंकले ८७ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ७६ लाख बढीको कारोबार गरे । ग्रामीण विकास बैंकको ७५ लाखको हाराहारीमा संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्सले ७४ लाख, कुमारी बैंकले ७२ लाख बढीको कारोबार गरे । जनता बैंकको ७१ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल बैंकले ७१ लाख बढीकै कारोबार गर्यो । यो दिन नवील बैंकको समेत ७० लाख बढीको संस्थापक सेयरको किनबेच भयो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन वरुण हाइडोपावरका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ७.४३ प्रतिशतले वृद्धि भयो । यस्तै, हाथ्वे फाइनान्सको मूल्यमा समेत ५.५१ अंकको बढोत्तरी भयो । 

यो दिन वेस्टर्न डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो ।