काठमाण्डौ । धितोपत्र बोर्डले सेयर बजारका लगानीकर्ता, यो बिटमा कार्यरत पत्रकार लगायत सरोकारवालाहरुलाई असार ३ गते छलफलका लागि बोलाएको छ ।
बोर्डले विगत २ वर्षदेखि वार्षिक नीति तथा कार्यक्रम निर्माण गरी सार्वजनिक गर्दै आएको छ । यही क्रमलाई निरन्तरता दिने उद्देश्यले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न सरोकारवालालाई असार ३ गते डाँकेको हो ।
सो दिन १ः३० बजे बोर्डले राय तथा सुझाव संकलनका लागि सरोकारवालाहरुलाई जाउलाखेलमा बोलाएको हो ।
पूँजीबजारको विकास तथा विस्तारका लागि सरोकारवाला पक्षहरुको प्रत्यक्ष सुझावलाई नीति तथा कार्यक्रममा समावेश गर्ने उद्देश्यले छलफल राखिएको बोर्ड स्रोतले जनाएको छ ।
आगामी आर्थिक वर्षको बजेटले पूँजीबजारलाई प्राथमिकतामा राखेकोले यसपटक बोर्डले बनाउने वार्षिक नीति तथा कार्यक्रम आम चासोको विषय हुनसक्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago