काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरीका साथ बजार बन्द भएको छ। कारोबार रकम भने बढेर ३ अर्ब रुपैयाँ नाघेको छ।
आज नेप्से परिसूचक १४.७१ अंकको बढोत्तरीका साथ १५८१.७५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सन्सेटिभ इन्डेक्स पनि २.१९ अंकको वृद्धिका साथ ३१२.३५ को उचाइमा पुगेको छ।
पूर्वअर्थमन्त्री डा युवराज खतिवडा अमेरिकाको राजदूत नियुक्त हुने भएपछि सेयर बजारमा खतिवडाको त्रास नरहने बलियो मानसिकताले समेत बजारमा लगानीकर्ताको सहभागिता बढेको विश्लेषकहरु बताउँछन्। जसको प्रभाव बजारमा आज सकारात्मक परेको उनीहरुको ठम्याइ छ।
गत साता बजार विश्लेषकहरुले अब लगानीकर्ताहरु अन्य सेक्टरमा सिफ्ट हुने भएकोले हाइड्रोपावरका सेयरमूल्यमा करेक्सन आउने दाबी गरेका थिए। सोही दाबीअनुसार आज सबैभन्दा धेरै गुमाउनेमा हाइड्रोका लगानीकर्ताहरु देखिएका छन्। आज हाइड्रोमा दोहोरो अंकको गिरावट आएको छ।
बजारको ट्रेन्ड हाइड्रोपावर कम्पनीका सेयरमूल्यलाई माथि पुर्याएर प्रफिट बुक गरी बजारबाट बाहिरिने समूह हावी भएको विश्लेषकहरु बताउँछ। यसले गर्दासमेत आगामी दिनमा पनि हाइड्रोमा थप करेक्सन आउने उनीहरुको दाबी छ।
आज उत्पादन समूहमा उछाल आएको छ। यसैगरी बैंक, बीमा, व्यापारलगायतका प्रायः सबै समूह चलमलाउन थाल्दा बजारमा दोहोरो अंकको वृद्धिसँगै लगानीकर्ताहरुमा थप मनोविज्ञान बलियो भएको विश्लेषकहरु जिकिर गर्छन्।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये १० वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।
यो दिन उत्पादन तथा प्रशोधन समूहमा १४५.२६ अंकको उछाल आएको छ। जीवन बीमा समूहमा ४५.०३ अंकको बढोत्तरी आएको यो दिन बैंकिङ समूह १५.५६ अंक, व्यापार समूह १५.७७ अंक, होटेल्स् समूह ११.८७ अंक, विकास बैंक समूह २३.४९ अंक, वित्त समूह २.४३ अंक, निर्जीवन बीमा समूह २४.०७ अंक, अन्य समूह ११.१५ अंक र लघुवित्त समूह ४.०३ अंकले वृद्धि भएको छ।
आज जलविद्युत् समूहमा १५.२६ अंक र म्युचुअल फन्ड समूहमा ०.३५ अंकको गिरावट आएको छ।
धेरै कमाउने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १९५ कम्पनीका १ करोड ७ लाख १३ हजार ३१२ कित्ता सेयर ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार ७१९ रुपैयाँमा कारोबार भएको छ।
यो दिन शिवम् सिमेन्ट एक्लैको २६ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीले १९ करोड ४२ लाख रुपैयाँको कारोबार गरेको यो दिन एनसीसी बैंकको ११ करोड ६२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ४८ लाख रुपैयाँ, नेपाल बैंकको १० करोड ६५ लाख रुपैयाँ, कुमारी बैंकको ९ करोड ७६ लाख रुपैयाँ, अरुण काबेली पावरको ९ करोड ५१ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ८ करोड ७२ लाख रुपैयाँ, बैंक अफ काठमाण्डौको ७ करोड ३६ लाख रुपैयाँ र नागरिक लगानीको षको ६ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज कर्पोरेट डेभलपमेन्ट बैंक र शिवम् सिमेन्टको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यी दुवै स्क्रिप्टमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। यो दिन प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको उछाल आएको छ।
यो दिन युनियन, दिव्यश्वरी र खानीखोला हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। युनियन र दिव्यश्वरीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट नै लाग्यो भने खानीखोलाको सेयरमूल्य ९ प्रतिशत बढीले घटेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago