market @ risk point
काठमाण्डौ । बढ्ने आम अपेक्षाका बीच मंगलबार बजारमा ठूलै पहिरो गएको छ । बजार परिसूचक(नेप्से) २४.८९ अंकले घटेर १४३२.९९ अंकमा झरेको हो । परिसूचक अत्यासलाग्दो गरी घटे पनि बजारलाई टर्नओभरको भने दरिलो साथ प्राप्त भएको छ ।
फरवार्ड कम्युनिटी माइक्रो फाइनान्सले खुलाएको आइपीओमा लगानीकर्ताको मन जाँदा बजारमा अप्रत्यासित पहिरो गएको हो ।
मंगलबार पाँच समूहको परिसूचक दोहोरो, एउटाको तेहेरो र बाँकी एउटाको एक अंकले घट्न पुुग्यो । वाणिज्य बैंक समूहमा २५.९ अंकको पहिरो गयो । यस्तै, बिमा समूहमा १४०.७४, जलविद्युतमा ३०.४४, विकास बैंकमा २०.१५, होटलमा १२.३२, बित्त समूहमा १८.४१ र अन्य समूहमा ६.६५ अंकको पहिरो गयो ।
''क'' वर्गका कम्पनीको कारोबार सुस्ताएका कारण सेन्सेटिभ इण्डेक्स ५ अंकले घट्यो भने समग्र कारोबार मापन गर्ने सूचक फ्लोट इण्डेक्समा १.८७ अंकको गिरावट देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
नेप्से परिसूचकमा दोहोरो अंकको पहिरो गए पनि कारोबार रकम भने त्यति धेरै घटेन । सोमबार प्रभूू बैंकको १० करोड बढीको संस्थापक सेयर बिक्री हुँदा कारोबार रकम बढेर ४१ करोड ६२ लाखको उचाईमा पुुगेको थियो । यो बैंकको संस्थापक सेयर मंगलबार पनि १ करोड ५७ लाख बराबरको किनबेच हुँदा समेत कारोबार रकम चाहि ३८ करोड ५७ लाखको उचाईमा पुुगेको छ । नियमित कारोबारको हिसाबले हेर्दा सोमबारको भन्दा समग्र कारोबार मंगलबार बढी भएको देखिन्छ । यसले आगामी दिनमा बजारमा ठूलो पहिरो क्रम निरन्तर जानेछ भनेर चिन्ता गरिहाल्नेहरुलाई मल्हम लगाउने विश्लेषकहरु बताउँछन् । ''केही दिनदेखि निरन्तर स्थिर अवस्थामा देखिएको बजारमा एक्कासी ठूलो पहिरो गएको छ ।'' एक विश्लेषकले भने-''तर बजारलाई टर्नओभरको राम्रो साथ रहेका कारण धेरै अत्तालिनुपर्ने अवस्था छैन ।''
पछिल्लो समय सार्वजनिक निश्कासनहरुमा लगानी गर्न लगानीकर्ता उत्सुुक हुँदा सेयर बजार सुस्ताइरहेको छ । दोश्रो बजारकै कारोबारीहरु समेत एफपीओ र आइपीओ भर्न लालायित हुँदा यसले सेयर बजार घट्न दवाब परिरहेको छ । निकै राम्रो माइक्रो फाइनान्स कम्पनी मानिएको फरवार्डको आइपीओमा आवेदन माघ ९ गतेदेखि खुलेको र अधिकांश लगानीकर्ता त्यसतर्फ केन्द्रीत हुँदा समेत त्यसको प्रभावको रुपमा मंगलबार बजार घटेको देख्न सकिन्छ । फरवार्डको आइपीओमा माघ ९ र १० गतेको अवधिमा लाइन बसेर आवेदन दिनेहरुले १ अर्ब रुपैयाँको प्रस्ताव हालिसकेका छन् । यसमा आस्वा प्रणालीबाट आएको आवेदनको तथ्यांक सामेल छैन ।
मंगलबार सबैभन्दा बढी प्रभू बैंककै सेयर कारोबार भयो । यो बैंकको ३ करोड १८ लाखको सेयर किनबेच भयो । यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ३५ लाख बढीको संस्थापक सेयर पनि किनबेच भयो । प्रभूू बैंकको पनि १ करोड ५७ लाख बढीको संस्थापक सेयर पनि किनबेच भयो ।
नेपाल एसबीआई बैंकले १ करोड ५३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ४५ लाख, नेपाल लाइफले १ करोड ४३ लाख, सिद्धार्थ बैंकले १ करोड ३४ लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ८ स्थानमा वाणिज्य बैंक र २ स्थानमा बिमा कम्पनीको बर्चश्व रह्यो ।
धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार राष्ट्रिय बिमा संस्थानको प्रोमोटर सेयरधनीले कुस्त कमाए । यस्तो सेयरको मूल्य ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो । यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ८ प्रतिशतकै हाराहारीमा बढ्यो । साझा विकास बैंकको सेयर मूल्यमा साढे ५ प्रतिशतको वृद्धि देखियो ।
सबैभन्दा धेरै खानी खोला हाइडो कम्पनीका सेयरधनीले गुमाए । यो कम्पनीको सेयर मूल्य साढे ९ प्रतिशतको हाराहारीमा घट्यो । लुम्बिनी फाइनान्स र पोखरा फाइनान्सका लगानीकर्ताले क्रमशः ८.७७ र ६.९६ प्रतिशतले सम्पत्ति गुमाए ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago