काठमाण्डौ । सेयर बजारको बिषयमा पर्याप्त ज्ञान नभएकाहरुका लागि दोश्रो बजारभन्दा म्युुचुुअल फण्डहरुमा लगानी सुरक्षित मानिन्छ । नेपालमा समेत यस्ता स्किमहरुप्रतिको आकर्षण बढ्दो छ । सायद यही आवश्यकता बुुझेर होला, बजारमा फेरि अर्को म्युुचुुअल फण्ड थपिने भएको छ ।

ग्लोबल आइएमई क्यापिटल लिमीटेडले १ अर्ब २० करोड मूूल्यको दोश्रो म्युुचुुअल फण्ड संचालनको अनुमति माग्दै जेठ ७ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । ग्लोबल आइएमईको अनुरोध बोर्डबाट स्वीकार भए देशमा म्युुचुुअल फण्डको संख्या १२ पुुग्नेछ । 

ग्लोबल आइएमई क्यापिटल लिमीटेडको प्रबद्र्धनमा यसअघि ग्लोबल आइएमई समुुन्नत स्कीम–१ नामको म्युुचुुअल फण्ड संचालनमा ल्याइसकेको छ । उसको दोश्रो म्युुचुुअल फण्डको नाम चाहि ‘ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१’ हुनेछ । 

दोश्रो स्किमको फण्ड स्पोन्सर पनि ग्लोबल आइएमई बैंक नै रहने बताइएको छ । यो स्किम अन्तरगत संचालनको स्वीकृति पाएपछि १० रुपैयाँ प्रति इकाई दरका १२ करोड इकाईमा सर्वसाधारणका लागि लगानीको अवसर खुुल्नेछ । 

केही समयअघि मात्र लक्ष्मी इक्वीटी फण्डले १ अर्ब २५ करोड मूल्यका इकाईको सार्वजनिक निश्कासन गरेको थियो ।