काठमाण्डौ । विद्यमान सरकार गठन भएयता लगानी बोर्डको बैठक बस्न सकेको छैन । चार महिनासम्म बैठक नहुँदा तीन ठूला आयोजना प्रत्यक्षरुपमा प्रभावित भएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

बैठक नबस्दा माथिल्लो कर्णली र अरुण–३ जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजरको समयावधिबारे निर्णय हुन सकेको छैन । काठमाडौँ उपत्याकाको फोहोर मैला व्यवस्थापन कम्पनीको आयोजना विकास सम्झौता (पीडिए) रोकिएको छ ।

‘चार महिनादेखि बोर्ड बैठक नबस्दा मुख्यगरी फाइनान्सियल क्लोजर र पीडिएको काम रोकिएको छ,’।