काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको चैत महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२, एनएमबि सरल बचत फन्ड–इ, एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको वित्तीय विवरण सार्वजनिक भएको हो। चैतमा यी ३ वटै योजनाको न्याभ बढेको छ भने एउटाको घटेको छ। 

चैतमा एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को न्याभ बढेर १०.२० रुपैयाँ कायम भएको छ। गत फागुनमा यो योजनाको न्याभ १०.१८ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत चैतसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल ८२ करोड ८६ लाख रुपैयाँ लगानी भएको छ। गत फागुनसम्म यस्तो लगानी ६९ करोड ८६ लाख रुपैयाँ थियो।

चैतमा यो योजनाको कुल आय २ करोड ४६ लाख रुपैयाँ रहेको छ। गत फागुनमा कुल आय २ करोड १३ लाख रुपैयाँ थियो। 

चैतमा एनएमबि सरल बचत फन्ड–इको न्याभ घटेर ८.९८ रुपैयाँ कायम भएको छ। गत फागुनमा यो योजनाको न्याभ ९.०२ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत चैतसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल ६७ करोड ९० लाख रुपैयाँ लगानी भएको छ। गत फागुनसम्म यस्तो लगानी ६१ करोड ७२ लाख रुपैयाँ थियो।

चैतमा यो योजनाको कुल व्याय ९७ लाख १५ हजार रुपैयाँ रहेको छ। गत फागुनमा कुल आय ७४ लाख २८ हजार रुपैयाँ थियो।

चैतमा एनएमबि हाइब्रिड फन्ड एल–१को न्याभ बढेर ११.११ रुपैयाँ कायम भएको छ। गत फागुनमा यो योजनाको न्याभ ११.०४ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत चैतसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल ९५ करोड ९४ लाख रुपैयाँ लगानी भएको छ। गत फागुनसम्म यस्तो लगानी ९४ करोड ४३ लाख रुपैयाँ थियो।

चैतमा यो योजनाको कुल व्याय ७८ लाख २५ हजार रुपैयाँ रहेको छ। गत फागुनमा कुल व्याय १ करोड ४४ लाख रुपैयाँ थियो।

चैतमा एनएमबि फिफ्टीको न्याभ बढेर ११.०७ रुपैयाँ कायम भएको छ। गत फागुनमा यो योजनाको न्याभ ११.०२ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत चैतसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल १ अर्ब २५ करोड रुपैयाँ लगानी भएको छ। गत फागुनसम्म यस्तो लगानी १ अर्ब १३ करोड रुपैयाँ थियो।

चैतमा यो योजनाको कुल व्याय २ करोड ६ लाख  रुपैयाँ रहेको छ। गत फागुनमा कुल आय २ करोड ७९ लाख रुपैयाँ थियो।