काठमाण्डौ । साताको चौथो दिन बुधबार पनि बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावटसँगै बन्द भएको छ।
निरन्तर ओरालो यात्रामा रहेको बजारमा आज भने लघुवित्त कम्पनीका सेयरमूल्यमा पहिरो जाँदा हाइड्रोपावरका सेयरमूल्यमा उछाल आएको छ। आज नेप्से परिसूचक २३.३६ अंक ले भारी गिरावटसँगै १४३१.५२ को विन्दुमा सीमित बनेको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको व्यवस्थालाई लघुवित्त कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न नदिइने भएकाले आज लघुवित्त समूहको सूचकमा समेत नकारात्मक गिरावट आयो सोही निर्देशनलाई बजारले नराम्रो अर्थमा बुझ्दा अधिकांश लघुवित्त कम्पनीको सेयरमूल्यमा पहिरो नै गएको छ। लघुवित्त कम्पनीहरुका सेयरमूल्य भारी मात्रामा हकप्रद र बोनसका कारण उचालिएका हुुन्छन्।
अब लघुवित्त कम्पनीहरुले चुक्तापुँजी बढाउँदा हकप्रद जारी गर्ने प्रथाको अन्त्य गर्नसमेत राष्ट्र बैंक कडा रुपमा प्रस्तुत भएको हो। उसो त बैंक तथा वित्तीय संस्थाहरुलाई फोर्स मर्जर नै गराई थप सबल बनाउन राष्ट्र बैंकले जोड गरिरहेका बेला ९० वटा लघुवित्त कम्पनीहरुलाई पनि घटाउने रणनीतिका रुपमा बुझिएको जानकार बताउँछन्।
आज दिनभरिको कारोबार नियाल्दा लघुवित्त कम्पनीका सेयरहरु खरिद गर्नेभन्दा बेच्ने धेरै थिए। जसका कारण लघुवित्तका सेयरमा आएको अधिक आपूर्तिले ती कम्पनीहरुको मूल्यमा समेत व्यापक गिरावट आएको छ।
लघुवित्त कम्पनीका सेयरमूल्यमा पहिरो गएपछि भने लगानीकर्ताहरु हाइड्रोपावर समूहतर्फ सिफ्ट भएका छन्। धेरै समयदेखि हाइड्रोपावर कम्पनीका सेयरमा लगानीकर्ताले चासो देखाएका थिएनन्। अंकित मूल्य रु. १०० भन्दा पनि तल झरेका हाइड्रोपावर कम्पनीहरु सेयरमूल्यमा लगानीकर्ता झुम्मिदा हाइड्रोका सेयरमूल्यमा उछाल आई सेयरधनी मालामाल भएका छन्।
आजको दिन नेप्से उपसमूहमा रहेका १२ वटै समूहमा रातो पोतिएको छ।
यो दिन सबैभन्दा बढी जीवन बीमा समूहमा १९०.८२ र निर्जीवन बीमा समूहमा १५९.८७ प्रतिशतको गिरावट आयो। यस्तै बैंकिङ समूहमा २१.७६ अंक, व्यापार समूहमा ११.२४ अंक, होटेल्स् समूहमा ५९.५ अंक, विकास बैंक समूहमा २१.५५ अंक, जलविद्युत् समूहमा २.२४ अंक, वित्त समूहमा ६.४२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४९.७ अंक, अन्य समूहमा १.८८ अंक, लघुवित्त समूहमा ५५.६९ अंक र म्युचुअल फन्ड समूहमा ०.१६ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्समो सूचीकृतमध्ये १८७ कम्पनीका ३८ लाख ३९ हजार ६७१ कित्ता सेयर १ अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ रुपैयाँमा कारोबार भयो।
यो दिन नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो। यो कम्पनीको मात्र १५ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भयो। नेपाल लाइफ इन्स्योरेन्सले १० करोड ८१ लाख रुपैयाँ बढीको कारोबार गरेको आज एनआईसी एसियाले ८ करोड ८८ लाख रुपैयाँ, एनटीसीले ८ करोड ८७ लाख रुपैयाँ, एनएमबी बैंकले ५ करोड ६५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीले ४ करोड ७५ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तले ४ करोड ३७ लाख रुपैयाँ, नबिल बैंकले ३ करोड ८५ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ३ करोड ७५ लाख रुपैयाँ र एभरेस्ट बैंकले ३ करोड २३ लाख रुपैयाँ बढीको कारोबार गरे।
धेरै कमाउने र धेरै गुमाउनेहरु
दोहोरो अंकका गिरावट आएको आजको बजारमा चारवटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। युनियन हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको उछाल आयो भने मिर्मिरे माइक्रोफाइनान्सको र आरम्भ चौतारी लघुवित्तको सेयरमूल्यमा क्रमशः ९.९५ प्रतिशत र ९.८० प्रतिशतले वृद्धि भयो। आज घलेम्दी हाइड्रोको सेयरमूल्य पनि साढे ९ प्रतिशतको हाराहारीमा उकालो लाग्यो।
आज जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा साढे ९ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19