काठमाण्डौ । परराष्ट्रमन्त्री एनपी साउदले स्थानीय स्रोतसाधनको परिचालनबाट चल्ने लघु, घरेलु तथा साना उद्योगहरुले मात्रै समृद्धि र खुसी ल्याउने बताएका छन्। उनले यस्ता उद्योगको प्रवर्द्धनमा जोड पनि दिए।
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यमी समिति, ग्लोबल इन्डिया मिसन र इन्डियन युथ चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले आइतबार राजधानीमा संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल भारत अन्तराष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साउदले यस्तो धारणा राखेका हुन्। ‘परिवारमा सुख समृृद्धि र खुसी ल्याउने काम घरेलु र साना उद्योगले मात्र गर्न सक्छ। तपाइँहरुको यो इमानदार प्रयत्नले देशलाई आर्थिक समृद्धितर्फ डोर्याउनेछ’, उनले भने, ‘स्थानीय स्रोत र साधनको परिचालन पनि यिनै उद्योग रहेका छन्।’
उद्यमशीलताको संस्कृतिलाई महिला तथा युवा समुदायबीच संस्थागत गरी मुलुकलाई आर्थिक समृद्घ बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नती गर्नुपर्ने आवश्यकता मन्त्री साउदले औँल्याए। ‘नेपाल र भारतबीच अत्यन्त निकटसम्वन्ध रहेको छ ,हामी एउटै नदीको पानी पिएर हुर्किन्छौँ’, उनले भने, ‘हाम्रो सभ्यता र सस्कृति एउटै रहेको छ । दुवै देश बीचको व्यवशायिक सम्वन्धलाई सुदृढ गर्न मेरोतर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु।’
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय समितिका अध्यक्ष उमेशप्रसाद सिंहले स्थानीय स्रोत र साधनको परिचालन गर्ने सवालमा होस या मुलुकभित्र रोजगारी सिर्जना गर्ने सवालमा होस घरेलु र साना उद्योगको योगदान उच्च रहेको तथ्यांकले पुष्टि गरेको बताए। छरिएर रहेको पूँजीको परिचालन र उत्पादनमूलक क्षेत्रमा लगानी वृद्घि गर्ने कार्यमा समेत यसै क्षेत्रको महत्वपूर्ण योगदान रहेको भन्दै उनले महासंघ अन्तर्राष्ट्रिय उद्यम फोरममा समेत जोडिएको बताए।
नेपालमा उद्योग स्थापना गर्न चाहने भारतीय उद्यमीहरुलाई स्वागत गर्ने भन्दै अध्यक्ष सिंहले भने, ‘हामी नेपाल भारतको साँस्कृतिक सम्बन्धलाई उद्यमशीलताको क्षेत्रमा जोडन चाहन्छौँ। आगामी दिनमा नेपाली उत्कृष्ट महिला उद्यमीलाई भारतको औद्योगिक गतिविधीको अध्ययन भ्रमण गराउन चाहान्छौँ।’
अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ सँग सम्बन्धित कार्यक्रम भारतीय राजदूतावाससँगको सहकार्यमा गर्ने विषयमा आफूहरु क्रियाशील रहेको पनि सिंहले बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19