लन्डन । कँडेल ग्रुपको निम ट्री फार्मेसीले आफ्नो चौथो शाखा लण्डनको वेलिङमा विस्तार गरेको छ।
युके, दुबई तथा नेपालमा कैयौँ कम्पनीहरु सञ्चालन गर्दै आइरहेको कँडेल ग्रुपले वेलिङमा निम ट्री फार्मेसीको चौथो शाखा विस्तार गरेको हो। एक कार्यक्रमका माझ प्रमुख अतिथि मेयर काउन्सिलर जेम्स हन्टले उक्त फार्मेसीको उद्घाटन गरेका छन्।
उद्घाटनपश्चात फार्मेसीले बेलायतको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको हन्टले चर्चा गरेका थिए।
त्यस्तै निम ट्री फामेर्सीले बेलायतमा पुर्याएको योगदानबारे कँडेल ग्रुपका सीईओ राजन कँडेलले चर्चा गरेका थिए। कोरोना महामारीको समयमा लण्डनमा निम ट्रि फामेर्सीले पुर्याएको योगदान सबैले अनुभूत गरेको उनले बताए। उनले भने, ‘बेलायतमा यो हाम्रो चौथो फार्मेसी हो। कोरोना महामारीको समयमा लण्डनमा फार्मेसीले ठुलो योगदान पुर्याउन सफल भएको छ। बिरामी भएपछि सबैभन्दा सहज तरिकाले सुझाव लिने ठाउँ भनेकै हाइस्ट्रिट फार्मेसी नै हो। यसरी वेलिङमा आफ्नो चौथो ब्रान्च विस्तार गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ। यहाँस्थित रहेको समुदायलाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउन सम्पूर्ण तयारी गरेका छौँ।’
कँडेलले भने, ‘यस क्षेत्रमा ब्रिटिस, आइरिस र नेपाली समुदाय ठुलो संख्यामा रहेका छन्। नेपाली समुदायलाई विशेष प्राथमिकतामा राखेर सेवा दिन तयार छौँ। फार्मेसीमा नेपाली कर्मचारी भएका कारण यहाँ रहेका नेपाली समुदायले भाषागत समस्या समेत झेल्नु पर्ने छैन। फार्मेसीमा प्राय सबै खाले औषधि र विविध स्वास्थ्य सम्बन्धी सेवा उपलब्ध हुनेछ।’
त्यस्तै फार्मेसीकी सुपरिन्टेन्डेन्ट फर्मासिस्ट विमला सापकोटाले निम ट्री फार्मेसीको भूमिका र यसले दिँदै आइरहेको सुविधाबारे बताएकी थिइन्।
फार्मेसीको उद्घाटन कार्यक्रममा बेक्सली नेपाली समाजका अध्यक्ष आनन्द धरेल, उपाध्यक्षहरु विन्दु गुरुङ, कमल गुरुङ, महासचिव केदार थपलिया, सचिव होमनाथ ज्ञवाली, कोषाध्यक्ष दिपेन सिटौलालगायत अन्य व्यक्तिहरुको उपस्थिति थियो।
त्यस्तै उपस्थित हुनेमा कँडेल ग्रुप अध्यक्ष उपेन्द्रराज शर्मा, निर्देशक महेन्द्र कँडेल, नरेन्द्र कँडेल रहेका थिए। पशुपति मन्दिरका संस्थापक अध्यक्ष होम शर्मा र रियल स्टेट व्यवसायी तथा लेखक प्रगति ओझा रहेका थिए।
होम केयर कम्पनी, बेक्सिली ब्रान्चका डाइरेक्टर फत्त थापाले फार्मेसीको प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए।
फार्मेसीका विजनेश पार्टनर विशाल सापकोटा कार्यक्रमको संयोजक रहेका थिए।
यस फार्मेसीमा एनएचएस सर्भिस, एनएचएस कन्सल्टेसन सर्भिस, प्राइभेट कन्सल्टेसन रुम, बुहभाषिक स्टाफ, दोहोराएर प्रेसक्रिप्शन सर्भिस, डेलिभरी सर्भिस, न्यु मेडिसिन सर्भिस, भ्याक्सिनेसन सर्भिस, इमेरजेन्सी कन्ट्रासेप्सन, प्राइभेट डिस्पेन्सन सर्भिस, प्राइभेट कन्सल्टेसनजस्ता सुविधाहरु उपलब्ध हुनेछ।
यो फार्मेसी हप्ताको ६ दिन खुल्नेछ भने आइतबार बन्द रहनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago