काठमाण्डौ। आज बुधबार बिहान पौने ६ बजेति लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्र भएर भूकम्प गएको हो। भूकम्पको ठूलो झट्का आएलगत्तै भुलभुले क्षेत्रका मानिसको भागाभाग भएको थियो। अझै पनि कतिपय स्थानीय भूकम्प फेरि फर्किने भन्दै घरभित्र प्रवेश नगरी बाहिरै बसिरहेको बताएको छ।
भूकम्पले त्यस क्षेत्रमा कच्ची घरहरु चर्किएका खबरहरु आएका छन्। यद्यपि मानवीय क्षति नभएको बताइएको छ।
भूकम्पको धक्का कास्की, तनहुँ, गोरखामा ठूलो महसुस गरिएको थियो। काठमाण्डौमा पनि भूकम्पको सामान्य धक्का महसुस गरिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago