काठमाण्डौ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाको भुलभुल केन्द्रविन्दु भएर फेरि ५ म्याग्निच्युट बढीको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापद केन्द्रका अनुसार बिहान ८ बजे २६ मिनेट जाँदा फेरि भुलभुले केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युटको भूकम्पनी गएको हो। यसअघि बिहान ५ बजेर ४२ मिनेटमा सोही भुलभुले केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पले हल्लाउँदा केही कच्ची घरहरु भत्किएका छन् भने आधा दर्जनभन्दा बढी मानिस घाइते भएको स्थानीय प्रहरीले जनाएको छ। भूकम्प आउँदा आत्तिएर घरबाट भाग्ने क्रममा उनीहरु घाइते भएको बताइएको छ।
प्रारम्भिक विवरणअनुसार भूकम्पले त्यस क्षेत्रका २० वटा कच्ची घर भत्किएका छन्।
भूकम्पको धक्का छिमेकी जिल्ला कास्की, तनहुँ र गोरखा ठूलै महसुस गरिएको थियो। चितवन, धादिङ र काठमाण्डौलगायत अन्य क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago