chiri babu maharjan
काठमाण्डौ । ललितपुर महानगरकापालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ।
महानगरका प्रवक्ता राजु महर्जनले स्वास्थ्य अवस्था केही बिग्रिएपछि चिरिबाबुले पाटन अस्पातलमा स्वाब दिएको थियो । त्यसको रिपोर्ट शुक्रबार पोजिटिभ आएको हो ।
हाल मेयर महर्जनलाई घाँटी दुख्ने, जिउ दुख्ने, टाउको दुख्ने लक्षण देखिएको प्रवक्ताले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भसपछि महर्जन बखुण्डोलस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् ।
यसअघि काठमाण्डौ महानगरपालिकाका मेयरलाई समेत कोरोना संक्रमण भएको थियो । उनी भने हाल निको भइसकेका छन् ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago