काठमाण्डौ। सानिमा बैंक लिमिटेडले आजबाट ललितपुरको भैंसेपाटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
उक्त कार्यालयको उद्घाटन कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका छन्। उद्घाटन समारोहमा मह जोडीले ललितपुरको भैंसेपाटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकका रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे।
कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकको देशका सातै प्रदेशमा ८६ वटा शाखा, १८ विस्तारित काउन्टर र ९५ वटा एटीएम सञ्चालनमा रहेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago