काठमाण्डौ। सानिमा बैंक लिमिटेडले आजबाट ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

उक्त कार्यालयको उद्घाटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य  (मह जोडी) ले संयुक्त रुपमा गरेका छन्। उद्घाटन् समारोहमा मह जोडीले ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे। 

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बंैकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। 

सानिमा बैंकको देशका सातै प्रदेशमा १०५ कार्यालय र ९६ वटा एटीएम सञ्चालनमा रहेका छन्।