काठमाण्डौ । ललितपुरको तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ। 

ललितपुर–१ मा १ हजार २८८ मत गन्दा एमालेका नवराज सिलवालले ६६२ मत पाएका छन्। गठबन्धनका उम्मेदवार कांग्रेसका उदयशमशेर राणाले ४०२ मत ल्याउँदै सिलवाललाई पछ्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ९३ मत पाएका छन्। 

ललितपुर–२ को पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले अग्रता बनाएका छन्। महर्जनले २ हजार ९८० मत पाउँदा हाम्रो पार्टी (लौरो चिह्न) का उम्मेदवार सुदिन शाक्यले २ हजार ४९७ मत पाएका छन्। राप्रपाका उम्मेदवार  १ हजार ४२६ मत र एकीकृत समाजवादी पार्टीका उम्मेदवार १ हजार ४७७ मतका साथ तेस्रो र चौथो स्थानमा छन्। 

यसैगरी ललितपुर–३ मा एमालेका अमृत खड्काले अग्रता बनाएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पछ्याइरहेकी छन्। अहिलेसम्म १ हजार ३०० मत गणना हुँदा खड्काले ५१६ मत र कार्कीले ४९८ मत पाएकी छन्। माओवादी केन्द्रकी पम्फा भुसाल २९८ मतका साथ तेस्रो स्थानमा छन्।