ल्लितपुर । ललितपुर महानगरपालिका र नेपाल छाला जुत्ता उत्पादक संघको सहकार्यमा अप्प कटाइ तथा सिलाइ तालिम सञ्चालन भइरहेको छ।
गत असार ७ गतेदेखि ललितपुर महानगरपालिका–१४ स्थित लुहाचोकमा १५ दिने छालाजन्य वस्तु उत्पादन कार्यक्रमअन्तर्गत अप्पर कटाइ तथा सिलाइ तालिम सञ्चालन भइरहेको छ। सार्की समुदायको पुख्र्याउली जुत्ता व्यवसायको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यअनुरुप तालिम सञ्चालन गरिएको संघका अध्यक्ष हरिराम बोगटीले बताए। तालिमबाट सिकेको सिप व्यवहारमा लागू गरी आफ्नो जिविकोपार्जन गर्न सहयोग पुर्याउने हेतुले तालिम लिएका प्रशिक्षार्थीहरुमध्ये उत्कृष्ट ७ जनालाई सिलाइ–कटाइ मेसिनसमेत दिइने उनले जानकारी दिए।
तालिम अनुभवी रामेश्वर बोगटीले प्रशिक्षण दिइरहेका छन्। प्रशिक्षक बोगटीले भेदनामबाट १८ महिने छाला जुत्ता एवं अर्थपेडिकसम्बन्धी डिप्लोमा र नेदरल्यान्ड्समा ३ महिने तामिलसमेत लिएका छन्। तालिममा १४ जना प्रशिक्षार्थीमध्ये ४ जना पुरुष र १० जना महिलाको सहभागित छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19