काठमाण्डौ । ललितपुर महानगरपालिका वडा नं. २० को आयोजना र एड सर्कलको व्यवस्थापनमा युवालक्षित सेयर बजार तालिम सञ्चालन गरिएको छ।

ललितपुर–२० भित्रका युवायुवतीका लागि सेयर बजारसम्बन्धी सात दिने अभिमुखीकरण तालिम सञ्चालन भएको हो। तालिम गत चैत १३ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको थियो। 

समापन कार्यक्रमको अध्यक्षता वडाध्यक्ष चन्द्रलाल महर्जन गरेका थिए। तालिमको विशेष व्यवस्थापन र कार्यक्रमको संयोजन सेयर लगानीकर्ता संघ नेपालका सचिव एवं सोही वडाका वडा सदस्य अमर डंगोल महर्जनले गरेका थिए। 

कार्यक्रमका विशेष अतिथि सेयर लगानीकर्ता संघ नेपालका कावा अध्यक्ष ताराप्रसाद फुल्लेल, महासचिव जगन्नाथ पुडासैनी, भिजन सेक्युरिटिजका अध्यक्ष राजकुमार तिमल्सिना, नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष अञ्जीव तुलाधरलगायतको उपस्थिति थियो। सरोज भट्टराईले तालिम प्रदान गरेका थिए।