काठमाण्डौ । ललितपुर क्षेत्र नम्बर २ र ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। 

ललितपुर–३मा एमालेका अमृत खड्काले अग्रता कायमै राखेका छन्। 

पछिल्लो मतपरिणामअनुसार १ हजार मत गन्दा खड्काले ४९७ मत पाएका छन्। खड्कालाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले २८६ मतका साथ पछ्याइरहेकी छन्। 

माओवादी केन्द्रकी पम्फा भुसाल भने तेस्रो स्थानमा छिन्। उनले १०९ मत ल्याएकी छन्। 

ललितपुर–३ मा राप्रपाका निरन्जन थापाले  ४५ मत, नेमकिपाका निरज लबजुले २२ मत र हाम्रो नेपाली पार्टीका राजाराम तण्डुकार १६ मत ल्याएका छन्।

ललितपुर–२को पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार २ हजार ९८० मतका साथ अग्र स्थानमा छन्। हाम्रो पार्टी (लौरो चिह्न)का उम्मेदवार २ हजार ४९७ मतका दोस्रो स्थानमा छन्। राप्रपा र एकीकृत समाजवादी पार्टीका उम्मेदवारले क्रमशः १ हजार ४२६ र १ हजार ४७७ मत पाएका छन्।